• ८ मंसिर २०८१, शनिबार

उनन्तीस पानी उद्योगको अनुगमन

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार २१ गते । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले प्रशोधित पिउने पानीको अनुगमनलाई तीव्रता दिएको छ । वर्षाका बेला पानीका कारण झाडापखाला, टाइफाइडलगायतका रोग फैलिन थालेपछि विभागको अनुगमन टोलीले पानी उत्पादनमा लागू गर्नुपर्ने न्यूनतम मापदण्ड पालना गरे वा नगरेको विषयमा अनुगमन गरेको हो । विभागका अनुसार सो टोलीले पछिल्लो दुई दिनमा २९ वटा प्रशोधित पानी उद्योगको अनुगमन गरी ती उद्योगबाट नमुना सङ्कलन गरी परीक्षणको तयारी गरेको छ ।

विभागका निर्देशक मोहनकृष्ण महर्जनले पानी उद्योगको अनुगमनका क्रममा अधिकांशले तोकेको मापदण्डअनुसार सरसफाइमा ध्यान नदिएको, बोतलको सिलबन्दी राम्रोसँग नभएको, पुराना र कुच्चिएका जार प्रयोग भएको पाइएकाले त्यस प्रकारको समस्या तत्काल सुुधार गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।