• ७ जेठ २०८१, सोमबार

आठ करोड बढी बिगोसहित पौडेलविरुद्ध मुद्दा दर्ता

blog

काठमाडौं, असार २० गते । विदेशी विनिमय अपचलन गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले आठ करोड २३ लाख २६ हजार आठ सय रुपियाँ बिगोसहित एकजनाविरुद्ध मुद्दा दायर गरेको छ ।

कुश्मा–१ पर्वत स्थायी घर भई हाल काठमाडौं–२२ सामाखुशी बस्ने गणेश पौडेलविरुद्ध उक्त बिगोसहित जिल्ला अदालत काठमाडौं सोमबारमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।

विदेशी विनियम कारोबार गर्न इजजातपत्र नलिई विदेशी विनिमय अपचालन गरेको आरोप पौडेललाई लगाइएको छ ।

पौडेललाई विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त गरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त रकम नेपालमा विभिन्न व्यक्तिलाई भुक्तानी दिएको देखिएको हुँदा आर्थिक लाभ लिने प्रयोजनका लागि व्यावसायिक रुपमै अपनाएको विभागको ठहर छ । विदेशमा विदेशी मुद्रा भुक्तानी लिई सोही बराबरको रकम पौडेलले नेपालतर्फको फरफरक भुक्तानी गरेको देखिएको छ ।