शिवराज ढुंगाना
अछाम, असार २० गते । १६ वर्षीय विनोद शाहीको हत्या भएको भन्दै आन्दोलनरत पक्ष र प्रहरीबीचमा झडप हुँदा दुवै पक्ष घाइते भएका छन् । नेपाल प्रहरीका १४ जना र २४ जनाका शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका सम्बद्ध पक्षले जानकारी दिएको छ ।
आन्दोलनकारीह? जिल्ला सरकारी वकिलको कार्यालयतिर जान खोज्दा प्रहरी र आन्दोलनकारी बीचमा झडप भएको बताइएको छ । हो । आन्दोलनकारीले ढुंगा प्रहार गरे भने प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्जसँगै दश राउण्ड अश्रुग्यास र हवाइ फायर गरेको छ । झडपसँगै सशस्त्र प्रहरीको टोलीपपछि स्थिति नियन्त्रणमा लिइएको थियो ।
झडपमा घाइते भएका प्रहरीको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको अछाम प्रहरीका इनिस्पेक्टर कैलाशसिंह विष्टले जानकारी दिनुभयो । यस्तै, आन्दोलनकारीका घाइतेको पनि उपचार भइरहेको बताइएको छ
पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थान निवासी विनोदको न्यायका लागि अछामका पाँच दलले आइतबारबाट जिल्लाभर यातायात बन्द गरेका छन् । पीडितलाई न्याय र दोषीलाई कारबाहीको मागसहित घटना भएको जेठ २१ बाट चरणबद्ध आन्दोलनमा भइरहेको छ ।
हत्या आरोपमा किटानी जाहेरीमा परेकी पञ्चदेवल विनायक नगरपालिकाकी प्रमुख अम्बिका चलाउने र अर्का आरोपित नेत्रबहादुर शाहीले शनिबार अछाम प्रहरीमा आत्मसमर्पण गरिसक्नुभएको छ । आत्मसमर्पण गर्नुभएका प्रमुख चलाउनेसहितलाई हाल अछाम प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्याका योजनाकार भन्दै चलाउने र शाही र अन्य ११ जना हत्यामा संलग्न भएको भन्दै पीडित पक्षले १३ जनावि?द्ध प्रहरीमा किटानी जाहेरी दिएको थियो । हत्याको आरोपमा कालिकास्थानकै पाँचजना यसअघि पक्राउ भएका थिए । अन्य छ जना भने हालसम्म फरार नै रहेको प्रहरीले जनाएको छ ।
जेठ १७ गते बेलुकीबाट वेपत्ता भएका विनोद पाँच दिनपछि पञ्चदेवल क्याम्पस नजिक मध्यपहाडी सडक भन्दा तल खोचमा मृत अवस्थामा फेला परेका थिए । जेठ २१ गते मृत फेला परेका शाहीका आफन्तले हत्यारालाई कारबाही नभएसम्म शव रोकेका कारण जेठ २५ गते घटनास्थलबाट शव उठाइएको थियो ।