• १६ भदौ २०८१, आइतबार

नेप्सेमा सुधार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २० गते । सेयर बजारले २१ सयको बिन्दु पछ्याएको छ । अघिल्लो साता सामान्य गिरावट भएर बन्द भएको बजार यो साताको पहिलो दिन झन्डै ६० अङ्कले सुधारिएको छ भने कारोबार रकममा पनि उच्च वृद्धि देखिएको छ ।आइतबार सेयर बजार मापक नेप्से परिसूचक ५७.६५ अङ्कले उकालो लाग्दा नेप्से परिसूचक २०८६.४२ को बिन्दुमा पुगेर रोकिएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि १०.२१ अङ्कले उकालो लागेर ३९८.८२ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा आइतबारको नेप्से २.८४ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि २.६३ प्रतिशतले उकालो लागेको छ ।अघिल्लो साताका तीन कारोबार दिनमा उत्साहजनक रूपमा उकालो लागेको सेयर बजार अन्तिम दिन भने नौ अङ्कले ओरालो लागेर बन्द भएको थियो । 

आइतबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक वृद्धि भएको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.३० प्रतिशतले उकालो लागेको आइतबार जलविद्युत् समूह ५.६५ प्रतिशतले उकालो लागेको छ । यस्तै वित्त समूह ४.२७ प्रतिशत, उत्पादन तथा प्रशोधन ४.९ प्रतिशत र अन्य उपसमूहको परिसूचक ४.७५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।