• १७ कात्तिक २०८२, सोमबार

आयोजक पथरी–११ सेमिफाइनमा

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, कात्तिक १६ गते । मिक्चल दासको एक मात्र निर्णायक गोलको मद्दतमा पथरी–११ फुटबल क्लब डिपेन्डिङ च्याम्पियन व्रिगेड ब्वाइज क्लब ललितपुरलाई हराउँदै पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

पथरी रङ्गाशालामा आइतबार भएको खेलमा पथरी–११ ले व्रिगेड ब्वाइजलाई १–०  गोलले हरायो । पथरी–११ का लागि ४६औं मिनेटमा मिक्चल दासले सौर्य राउतको पासलाई सदुपयोग गर्दै गोल गर्नुभयो । डिबक्स भित्र बाटै सौर्यले मिक्चललाई सुन्दर पास दिनुुभएको थियो । 

मध्यान्तरपछि १–० ले पछि परेको व्रिगेडले लगातार गोल गर्ने राम्रा अवसर बनाए पनि पथरीका गोल रक्षक समीर क्षेत्री उत्कृष्ठ बचाउ गर्नुभयो । 

निर्णायक गोल गर्ने मिक्चल दासले आजको खेलमा म्यान अफ द म्याच घोषित हुँदै नगद र ट्रफि प्राप्त गर्नुभयो । सोमबार पाँचथर क्लब र सङ्कटा फुटबल क्लब बिच खेल हुनेछ । सङ्कटा गत वर्षको उपविजेता हो ।