• १७ कात्तिक २०८२, सोमबार

धनकुटा नगरपालिकाद्वारा दुई दिन बिदा

blog

सन्तोष सुवेदी 

पाख्रीबास, (धनकुटा) कात्तिक १६ गते । धनकुटा नगरपालिकाले नगर क्षेत्रमा दुई दिन स्थानीय विदा दिएको छ । नगर पालिकाभित्र मात्रै बसोबास रहेको आठपहरिया जातिको मुख्य चाड वाडाङ्मेटको अवसरमा नगरपालिको दुई दिनको स्थानीय बिदा दिएको हो ।

धनकुटा नगर क्षेत्रमा मात्र बसोबास रहेको सिमान्तकृत समुदायको चाड वाडाङ्मेटको मुख्य दिन १९ र २० गते दुई दिन स्थानीय बिदा दिएको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा जारी सूचनाअनुसार स्थानीय बिदाका दिन अत्यावश्यक काम बाहेकका सेवा बन्द रहने जनाइएको छ । 

उक्त दिन नगर कार्यपालिकाको कार्यालय (अत्यावश्यक सेवा बाहेक), वडा कार्यालय तथा नगरपालिका क्षेत्रभित्रका नगरस्तरीय कार्यालयहरु साथै नगरपालिका क्षेत्रका विद्यालयहरु समेत बन्द रहने जनाइएको छ ।