• १७ कात्तिक २०८२, सोमबार

जुवातास खेल्ने १६ पक्राउ

blog

बिष्णुप्रसाद पोखरेल

दमक, कात्तिक १६ गते । झापाको गौरादह नगरपालिका –५ स्कूलचौन बजारबाट प्रहरीले शनिवार राति तास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ । 

स्थानीय सत्कार होटलमा जुवातास खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । एक लाख छ हजार छसय २० रुपियाँ नगदसहित रंगेहात पक्राउ गरिएको बताइएको छ । पक्राउ पर्नेमा होटल सञ्चालकदेखि नेतासम्म रहेका छन् । 

पक्राउ पर्नेहरूमा रास्वपा गौरादह नगर सभापति जगत अधिकारी, गौरादह रास्वपा ४ नम्बर वडा सभापति युबराज खड्का, भरत कार्की, हृदय सुवेदी, टंक बराल, राम फुँयाल, केदार मगर, नवराज भट्टराई, रोशन खत्री, बिनोद अधिकारी, दुर्गा पौडेल, मकर अधिकारी, अशोक काफ्ले, अर्जुन श्रेष्ठ, सुदिप चेम्जोङ र दिलबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेका माथि जुवातास ऐनअन्तर्गत कारबाही अगाडि बढाएको र म्याद थपगरी अनुसन्धान गर्ने बताएको छ । स्थानीयले होटलमा जुवातास भइरहेको भन्दै प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय गौरादहको टोली गएर छापा मारेको पनि खड्कालले बताउनुभयो ।