काठमाडौँ, कात्तिक १६ गते । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले आगामी नोमेम्बर कात्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ ।
यो ट्यालेन्ट हन्ट धनगढीस्थित धनगढी क्रिकेट एकेडेमी (डीसीए) मा सञ्चालन हुनेछ। ट्यालेन्ट हन्टमा सहभागि हुनका लागि कात्तिक १९ गतेसम्म खेलाडीले दर्ता गरिसक्नुपर्नेछ ।
सुदूरपश्चिम रोयल्सले यस ट्यालेन्ट हन्टमा सुदूरपश्चिम प्रदेशका युवा खेलाडीको उल्लेख्य सहभागिता रहने विश्वास लिएको छ । एनपीएलको साविक उपविजेता टोली सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको तयारीका लागि शनिबारबाट प्रशिक्षण सुरु गरेको छ।
दोस्रो संस्करणको एनपीएल आगामी मङ्सिर १ गते देखि २७ गतेसम्म आयोजना हुनेछ । जगत टमटाको मुख्य प्रशिक्षणमा रहेको सुदूरपश्चिमका खेलाडीहरुमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा, स्कट कुग्गेलिजन र क्रिस लिन हुनुहुन्छ ।