• १२ असार २०८१, बुधबार

अब अनलाइनबाट रकम दाखिला

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २० गते । नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ ।कोषको कार्यक्रममा सहभागी भएका कर्मचारीको सम्बन्धित कार्यालयले अनलाइन प्रणालीबाट सोझै खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको हो ।

यो सुविधा सीजीएएस प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालयबाहेकका अन्य कार्यालयले उपभोग गर्नसक्ने नागरिक लगानी कोषले जनाएको छ । यसरी रकम जम्मा गर्दा कोषको कर्मचारीले ‘एप्रुुभ’ गर्नेबित्तिकै सम्बन्धित कर्मचारीको खातामा रकम जम्मा हुनेछ ।तत्कालका लागि यो सुविधा कोषको कर्मचारी बचत वृद्धि अवकाश योजनामा सहभागी भएका कर्मचारीको कार्यालयहरूले पाउने भएका छन् ।