काठमाडौँ, कात्तिक १ गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ४७ पैसा र बिक्रीदर १४१ रुपियाँ ०७ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ १५ पैसा र बिक्रीदर १६४ रुपियाँ ८५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८८ रुपियाँ ७३ पैसा र बिक्रीदर १८९ रुपियाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ४१ पैसा र बिक्रीदर १७८ रुपियाँ १६ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ १९ पैसा र बिक्रीदर ९१ रुपियाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ११ पैसा र बिक्रीदर १०० रुपियाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ५२ पैसा र बिक्रीदर १०८ रुपियाँ ९८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ७२ पैसा र बिक्रीदर १९ रुपियाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ४५ पैसा र बिक्रीदर ३७ रुपियाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ५४ पैसा र बिक्रीदर ३८ रुपियाँ ७० पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३० पैसा र बिक्रीदर चार रुपियाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ २४ पैसा र बिक्रीदर ३८ रुपियाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ २४ पैसा र बिक्रीदर ३३ रुपियाँ ३८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८९ पैसा र बिक्रीदर नौ रुपियाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८६ पैसा र बिक्रीदर १४ रुपियाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९८ पैसा र बिक्रीदर २२ रुपियाँ ०७ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ०८ पैसा र बिक्रीदर १८ रुपियाँ १६ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपियाँ ३८ पैसा र बिक्रीदर ४६१ रुपियाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपियाँ ६२ पैसा र बिक्रीदर ३७४ रुपियाँ २२ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपियाँ ८४ पैसा र बिक्रीदर ३६६ रुपियाँ ४० पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस