• १३ असोज २०८१, आइतबार

धन्सार भत्किँदा एक किसोरीको मृत्यु

blog

वालिङ, असार १६ गते । अविरल वर्षाको कारण धन्सार भत्किदा स्याङ्जामा एक किसोरीको मृत्यु भएको छ । गल्याङ नगरपालिका वडा नं. १० डुविनडाँडाका ढाकाराम भट्टराईको धन्सार (गोठेघर) भत्कदा उहाँकी छोरी १२ बर्षीया रेखा भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी राजिबबहादुर बस्नेतले जानकारी दिनुभयो । 

आज (विहीबार) बिहान ६ बजे धन्सार भत्कदा घाईते भएकी भट्टराईलाई उपचारका लागि गल्याङ लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परि १६ वर्षीया लक्षमण भट्टराई घाइते हुनु भएको छ । उनीहरु धन्सारमा सुतिरहेका थिए ।

गोठ भत्किदा एक भैसी, दुईवटा पाठा पुरिएरको स्थानीयबासी गुरुप्रसाद खनालले जानकारी दिनुभयो । अविरल बर्षाका कारण जिल्लाका अधिकांश ग्रामणि सडक अवरुद्ध भएकाछन् भने जनजीवन पनि प्रभावित भएको छ ।  

Author

राधाकृष्ण डुम्रे