• ५ असोज २०८२, आइतबार

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिवेदन पेस गर्नुहुँदै लोकसेवा अध्यक्ष माधवप्रसाद घिमिरे। तस्बिरः राष्ट्रपति कार्यालय

काठमाडौँ, असोज ५ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । 

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर आयोगका अध्यक्ष माधवप्रसाद घिमिरेले प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गर्नुभएको हो ।

नेपालको संविधानको धारा २९४ बमोजिम लोकसेवा आयोगका अध्यक्ष रेग्मीले राष्ट्रपति पौडेलसमक्ष आइतबार बिहान आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।