काठमाडौँ, असोज २ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २१ पैसा र बिक्रीदर १४० रुपियाँ ८१ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६६ रुपियाँ ०१ पैसा र बिक्रीदर १६६ रुपियाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपियाँ २७ पैसा र बिक्रीदर १९२ रुपियाँ ०९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७८ रुपियाँ २५ पैसा र बिक्रीदर १७९ रुपियाँ ०१ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ ५८ पैसा र बिक्रीदर ९३ रुपियाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ९६ पैसा र बिक्रीदर १०२ रुपियाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ८५ पैसा र बिक्रीदर ११० रुपियाँ ३२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५९ पैसा र बिक्रीदर नौ रुपियाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ७४ पैसा र बिक्रीदर १९ रुपियाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ३७ पैसा र बिक्रीदर ३७ रुपियाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४७ पैसा र बिक्रीदर ३८ रुपियाँ ६३ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ४२ पैसा र बिक्रीदर चार रुपियाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ १७ पैसा र बिक्रीदर ३८ रुपियाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ४७ पैसा र बिक्रीदर ३३ रुपियाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १८ पैसा र बिक्रीदर १० रुपियाँ २२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ १४ पैसा र बिक्रीदर १५ रुपियाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ २४ पैसा र बिक्रीदर २२ रुपियाँ ३४ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ०३ पैसा र बिक्रीदर १८ रुपियाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपियाँ ७४ पैसा र बिक्रीदर ४६१ रुपियाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपियाँ ८३ पैसा र बिक्रीदर ३७३ रुपियाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपियाँ १६ पैसा र बिक्रीदर ३६५ रुपियाँ ७२ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस