गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार सार्वजनिक बिदाको दिन पनि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गरेको छ । मन्त्रालयको एनओसी शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार सेवाग्राही विद्यार्थीका अनुरोधमा एनओसी जारी गरिएको हो ।
वैदेशिक अध्ययनका लागि जान लागेका विद्यार्थीलाई अत्यावश्यक भएकाले विद्यार्थीकै अनुरोधमा आज पनि जारी गरिएको वस्तीले बताउनुभयो । वस्तीका अनुसार बुधबार एनओसी जारी, नयाँ आवेदन प्रमाणीकरणसमेत गरेर छ सय जनाको काम भएको छ ।
जेनजी आन्दोलनका क्रममा सहिद भएकाको सम्झनामा सरकारले बुधबार सार्वजनिक बिदा दिएको थियो ।