• ८ भदौ २०८२, आइतबार

छहारी र राप्ती क्लबको बराबरी

blog

बल खोस्ने प्रयास गर्दै छहारी र राप्ती क्लबका खेलाडी ।

काठमाडौँ, भदौ ८ गते । छहारी युथ क्लब र राप्ति फुटबल क्लबले एन्फा महिला लिग छनोटमा बराबरी खेल्दै अङ्क बाँडेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा छहारी  र राप्तीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । 

छनोट खेलमा १४ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।सहभागी टोलीबाट उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।  

समूहमा शीर्ष दुई टोली एन्फा लिगमा सोझै सहभागी हुने छन् । तेस्रो स्थानमा रहने दुई टोलीबिचको प्ले अफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ ।