• ८ भदौ २०८२, आइतबार

आर्सनलको दोस्रो जित

blog

बल खोस्ने प्रयास गर्दै आर्सनल र लिड्सका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, भदौ ८ गते । आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ५–० गोलले हरायो । एकपक्षीय खेलमा आर्सनललाई जिताउन जुरियन टिम्बर र भिक्टर ग्योकेरेसले दुई दुई गोल गर्नुभयो । अर्को गोल बुकायो साकाले थप्नुभएको थियो । 

लगातार दोस्रो जितसँगै ६ अङ्क बनाएको आर्सनल शीर्षस्थानमा उक्लिएको छ । लिड्सको समान खेलबाट तीन अङ्क छ । एजेन्सी