• १८ साउन २०८२, आइतबार

सोलारका ब्याट्री चोर्ने तीन जना पक्राउ

blog

बोमलाल गिरी

नवलपुर, साउन १८ गते। सडक छेउमा राखिएका सोलार पोलका ब्याट्री चोर्ने तीन जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ। पोलमा चढेर नवलपुरको देवचुली नगरपालिका–१५ प्रगतीनगरको सडकमा राखिएका सोलारका ब्याट्रि चोर्दै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका शक्तिखोरका ३४ वर्षीय भिम बहादुर प्रजा सोही ठाउँका ३१ वर्षीय पप्पु चेपाङ र इच्छाकामना गाउँपालिका–७ का २७ वर्षीय डम्मर चेपाङ रहेको कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो। 

गाडीमा भर्‍याङसहित चोर्न हिडेका उनीहरुले साउन १६ र १७ गते पनि सोलार ब्याट्रि चोरेको नेपालले बताउनुभयो। प्रहरीले उनीहरुको साथबाट  ना १ ह ३३३६ नम्बरको मयुर गाडी र चोरिएका सोलार ब्याट्रि नियन्त्रणमा लिएको जनाएको छ।