राजन रावत
हुम्ला, साउन ९ गते । सिमकोट खार्पु खण्डको थलाहाल्नको भीरमा सडक खन्ने क्रममा एक्स्काभेटर परिएको छ । सडक खनी रहेको बेला माथिबाट आएको माटोले छोपेर सडकसँगै एक्स्काभेटर खसेको हो ।
सडक खन्ने क्रममा दिउसो शुक्रवार एक्स्काभेटर माटोमा पुरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । एक्स्काभेटर पुरिएको भए पनि चालकलाई सकुशल उद्धार गरेको उहाँले बताउनुभयो । एक्स्काभेटर पूर्ण रूपमा माटोमा परिएको अवस्था मै चालकलाई उद्धार गरिएको हो ।
माटोमा पुरिएको एक्स्काभेटर अर्को एक्स्काभेटर निकाल्ने काम भइरहेको छ । माटो भित्र रहेको कारण एक्स्काभेटर अरू विवरण भने आउन बाँकी रहेको छ ।
माटोमा पुरिएको एक्स्काभेटर । तस्बिर ः गोरखापत्र