मोहनसिंह बुढा
अदानचुली (हुम्ला), साउन ३ गते । जिल्ला अदालत हुम्लाले चालु आर्थिक वर्षमा ८६.९५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । जिल्ला अदाललतले सार्वजनिक गरेको प्रगति तथा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ मा ६९ वटा मुद्दा मध्य ६० अर्थात ८६ दशमलब ९५ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको हो ।
जसमध्ये २०८१ मा जिल्ला अदालतमा विभिन्न प्रकृतिका ५० वटा मुद्दा दर्ता भएका थिए भने गत वर्षको जिम्मेवारी सरेर आएका ९ वटा मुद्दा रहेको जिल्ला अदालत हुम्ला न्यायधीश शम्भुप्रसाद दाहालले बताउनुभयो । जसमा देवानी तर्फ २५ र फौजदारीतर्फ ३५ मुद्दा फर्छ्यौट भएका छन् । सरकारी फौजदारी मुद्दाको विषयगत लगत फर्छ्यौटमा कर्तव्य ज्यानका दुई मध्य एक वटा मुद्दा फर्छ्यौट भएका छन् ।
ज्याान मार्ने उद्योगका एकमध्य एक नै फर्छ्यौट भएको छ । भने लागुऔषधको एकमध्य एक नै फर्छ्यौट भएको हो । चोरी एकमध्य एक नै फर्छ्यौट भएको छ । सबैभन्दा बढी हुम्लामा जबरजस्ती करणीका १५ मध्य १२ वटा मुद्दा फर्छ्यौट भएको छ भने अझै ३ वटा बाँकी रहेको छ । साथै जबरजस्ती करणी उद्योगमा एकमध्य एक नै फर्छ्यौट भएको जिल्ला न्यायधीश बरालले बताउनुभयो । अदालतले मेलमिलापमा राख्न मिल्ने ८ वटा मुद्दा पठाएकोमा ६ वटा मेलमिलाप भएका छन् भने २ वटा बाँकी रहेको बताइएको छ । जसको मेलमिलापबाट ७६ प्रतिशत सफल भएका छन ।
चार आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा सबैभन्दा बढी मुद्दा फर्छ्यौट भएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७८/०७९ मा ७३. ४५, आ.व. २०७९/०८० मा ५४.९४, आ.व.२०८०/०८१ ८२. ५६ प्रतिशत मुद्दा फर्छ्यौट भएको जिल्ला अदालत हुम्लाले जनाएको छ । हुम्लामा अन्य प्रकृतिका घट्ना भन्दा जबरजस्ती करणीका मुद्दा रहेको पाइनुका साथै फर्छ्यौट पनि भएका छन् ।
जिल्ला न्यायाधीश बरालका अनुसार न्याय सेवा सत्य र तथ्यको आधारमा भएको बताउनुभयो । उहाँले अदालतले गरेका कामका विषय, समस्याका विषयमा जानकारी दिनुभयो । उहाँले न्याय क्षेत्र र पत्रकारिता करिब करिब एउटै भएकाले पत्रकारिता क्षेत्रको निकै ठुलो भूमिका हुनेमा जोड दिनुभयो । उहाँले अदालतले बनाएको कार्ययोजनाका अनुसार काम भइरहेको जानकारी दिनुभयो । न्यायाधीश बराले अदालतमा भएका कामको माग बमोजिम सूचना उपलब्ध गराउन अदालतको ढोका खुला भएको छ ।