• १ साउन २०८२, बिहिबार

नीति शाह मधेश युनाइटेडको ब्रान्ड एम्बेसडर

blog

काठमाडौँ, साउन १ गते । मधेश युनाइटेडले मोडल तथा अभिनेत्री नीति शाहलाई दोस्रो संस्करणमो एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । 

मधेशले बिहीबार अभिनेत्री शाहलाई ब्रान्ड एम्बेसडर घोषणा गरेको हो । शाहले ब्रान्ड एम्बेसडरको रूपमा मधेश युनाइटेडमा आबद्ध हुन पाउँदा खुसी लागेको बताउनुभयो । दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि भदौ २८ गतेसम्म हुने छ । 

लिगमा साविक विजेता कर्णाली यशवीससहित, गण्डकी थन्डर्स, चितवन शक्ति, ललितपुर क्विन्स, काडमाडौँ स्पाइकर्स र मधेश युनाइटेडको सहभागिता रहने छ ।