• ६ जेठ २०८१, आइतबार

अब्दुस मियाँ संघीय चुनावमा काठमाडौं-६ बाट उम्मेदवार बन्ने

blog

फाइल तस्बिर

काठमाडौं, असार ५ गते। अब्दुस मियाँले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–६ बाट स्वतन्त्र उम्मेदवारी घोषण गर्नुभएको छ। 

 आइतबार विज्ञप्ति जारी गर्नुहुँदै उहाँले काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी घोषणा गर्ने जानकारी गराउनुभएको हो।

विवेकशील साझा पार्टीमा रहँदै आउनुभएका मियाँले संस्थापक अध्यक्ष रवीन्द्र मिश्रले नै राजीनामा दिनुभएपछि सो वैकल्पिक शक्तिको औचित्य सकिएको निष्कर्षमा पुगेको बताउनुभएकाे छ।

शनिबार दिउँसो साढे १ बजे काठमाडौंमा उहाँले औपचारिकरुपमा उम्मेदवारी घोषणा गर्ने विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ।