• ६ जेठ २०८१, आइतबार

जिम्मेवारी दिन कन्जुस्याइँ गरियो : महिला जनप्रतिनिधि

blog

नवनिर्वाचित जनप्रतिनिधि महिला सदस्यहरु बधाई तथा शुभकामना कार्यक्रममा । तस्बिर : गोरखापत्र

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार ५ गते । स्थानीय तहका दलित महिला जनप्रतिनिधिले आफूहरुलाई जिम्मेवारी दिन कन्जुस्याइँ गरिएको गुनासो गरेका छन् । आफुहरु निर्वाचित स्थानीय तहका नेतृत्वले बैठकमा हस्ताक्षर गर्न मात्र सीमित गर्न खोजिएको र ठोस जिम्मेवारी नदिइएको उनीहरुको गुनासो छ । 

दलित महिला सङ्घ (फेडो) द्वारा आइबतार आयोजित नवनिर्वाचित जनप्रतिनिधि महिला सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. १४ की  सदस्य संगीता अछामीले भन्नुभयो “दलित महिलाहरुको क्षमता भएपनि स्थानीय तहको निर्वाचनमा वडा सदस्यमै सीमित गरियो, वडामा पनि यिनीहरुले सक्दैनन् भनेर जिम्मेवारी दिदैनन्, औपचारिकतामात्रै निर्वाह गरेजस्तो गर्छन ।”

त्यस्तै, काठमाडौं महानगरपालिका वडा नम्बर ९ की सदस्य रक्षादास सुनामले जिम्मेवारी तोकेरै जनताको सेवा गर्न दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “हामी काम गर्न सक्छौं, जताको काम गर्न आएका छौं जतताले भोट दिएर पठाएका हुन तर प्रमुअहरुले हामीलाई ठोस जिम्मेवारी दिएर खटाउनु पर्यो, आनाकानी गर्नु भएन ।”  

जनप्रतिनिधिले कुनै दल, जात वा समुदाय नभनेर वडावासी सबैलाई समान व्यवहार र समाज विकास गर्नुपर्नेमा दलित महिला सदस्यहरुले जोड दिएका छन् । सो अवसरमा राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताको माग गरिएको छ । 

जनता समाजवादी पार्टी, नेपालकी केन्द्रीय कार्यकारिणी सदस्य दुर्गा सोवले समाजमा दोहोरो, तेहेरो विभेद भोग्दै आएका दलित महिलाहरुलाई स्थानीय तहको निर्वाचनमा निर्णयक तहभन्दा पनि वडा सदस्यमै सीमित गरिएको चर्चा गर्दै नीति निर्माण तहमा समान सहभागिता हुनुपर्ने बतउानुभयो । 

सोवले भन्नुभयो “मुलुक परिवर्तनमा दलित महिलाको अतुलनीय योगदान छ, व्यवस्था परिवर्तन भएको छ तर दलित महिलाहरुको अवस्था उस्तै छ, उनीहरुले हरेक तहमा चरम विभेद भोग्दै आएका छन्, दलित महिलाको आर्थिक, सामाजिक र राजनीतिक समस्याप्रति सरकार र मुख्य राजनीतिक पार्टीहरु नै गम्भीर हुन छैनन् ।” 

तर स्थानीय तहमा हाल भइरहेको दलित महिलाको सहभागितालाई सार्थक र प्रभावकारी बनाउन उनीहरुको सक्रियता बढाउनु पर्ने उहाँको भनाई छ । संघले काठमाडौँ र दलितपुरका स्थानीय तहमा निर्वाचित दलित महिला सदस्यलाई सम्मान गरेको छ ।