• ७ जेठ २०८१, सोमबार

जिसस हुम्लामा गठबन्धनको उम्मेदवारी दर्ता

blog

राजन रावत

हुुम्ला, असार ५ गते । जिल्ला समन्वय समितिको निर्वाचनका लागि गठबन्धन दलहरुबाट सबै पदका लागि उम्मेदवारी परेको छ । निर्वाचनका लागि नेकपा (एमाले) लगायत अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि गठबन्धनको एकल उम्मेदवारी परेको छ । 

मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुखलगायत सदस्य पदका लागि एकल उम्मेदवारी परेको बताउनुुभयो । अन्य कुनै पनि दलबाट उम्मेदवारी नपरेको बताउँदै मनोनयन दर्ताको समय दिउँसो १ बजेसम्म रहेको र सो अबधिमा एकल बाहेक अन्य कसैको उम्मेदवारी नपरेको बताउनुुभयो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुुसार एकल उम्मेदवारी परेका उम्मेदवारका प्रमुखमा नेकपा एकीकृत समाजवादीका शिबराज शर्मा, उपप्रमुखका माअ‍ोवादी केन्द्रका दलुु फडेरा रहनुुभएको छ । त्यसैगरि सदस्यमा नेपाली कांग्रेसबाट सरिता रावत, दिप भण्डारी, कर्णबहादुुर शाही र धिरबहादुुर सिंहको उम्मेदवारी परेको छ । 

माअ‍ोवादी केन्द्रको तर्फबाट चुदी जाङ्मुु तामाङ, कर्ण दमाईको उम्मेदवारी परेको छ । उहाँले उम्मेदवारी एकल परे पनि प्रक्रियाअनुुसार औपचारिक घोषणा गर्न भने एक दिन अझै समय लाग्ने बताउनुुभयो । यसअघि जिसस पदाधिकारीको निर्वाचनका लागि तीन दलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय भएको थियो ।