• १८ असार २०८२, बुधबार

लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै

blog

सन्तोष दहित
दाङ, असार १८ गते ।
लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै छ । बैठक बुधबार अपराह्न १२ बजे बस्ने भएको हो ।

बैठकमा “आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा” प्रस्ताव पेस गरिने सम्भावित कार्यसूचीमा उल्लेख रहेको प्रदेश सभाका सचिव दुर्लभ पुन मगरले जानकारी दिनुभयो ।

उहाँको अनुसार प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा तयारी गरिएको यो प्रस्तावले आगामी आर्थिक वर्षमा प्रदेशस्तरीय सेवाहरू, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा र रोजगारी सिर्जनाका कार्यक्रमहरू सञ्चालनका लागि आवश्यक बजेट विनियोजनको खाका प्रस्तुत गर्ने बताइएको छ ।

यसअघि पनि विभिन्न बैठकहरूमा सांसदहरूले आर्थिक पारदर्शिता, बजेट कार्यान्वयनको अवस्था र स्थानीय तहसँगको समन्वयको आवश्यकता औंल्याउँदै आएको थियो ।