• १५ असार २०८२, आइतबार

गैँडाको आक्रमणबाट श्रेष्ठ गम्भीर घाइते

blog

बसन्त पराजुली 

नारायणगढ, असार १५ गते । पूर्वी चितवनको पदमपुरमा गैँडाको  आक्रमणबाट एक युवक घाइते भएका छन् ।  रत्ननगर नगर पालिका वडा नम्बर  १ सगरमाथा टोल निवासी  वर्ष  २७ को रोहित श्रेष्ठ लाई गैँडाले आक्रमण गरी घाइते बनाएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार श्रेष्ठ बाटोमा हिँडी रहेका बेला गैँडाको आक्रमणमा परेका हुन् । उहाँको  पेट, ढाड र बायाँ खुट्टामा चोट लागेको छ । हाल घाइतेको  भरतपुर  अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको बताइन्छ ।