काठमाडौँ, असार १४ गते । जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले यहाँ अयोजना गरेको ‘जबजका तिन दशक’ राष्ट्रिय गोष्ठी सुरु भएको छ ।
कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्छ ।
एमालेका तत्कालीन महासचिव जननेता भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुङ्गा सवारी दुर्घटनामा निधन भएको थियो ।