• ११ असार २०८२, बुधबार

नगर अध्यक्षमा यादव विजयी

blog

नगर अध्यक्षमा निर्वाचित अरूण कुमार यादवल । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), असार ११ गते  ।
जनता समाजवादी पार्टी नेपालको राजविराज नगर अध्यक्षमा अरूण कुमार यादव निर्वाचित हुनुभएको छ । मङ्गलबार राति भएको निर्वाचनमा ५१ मत प्राप्त गरेर यादव अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँको प्रतिद्वन्दी लक्ष्मण यादवले २४ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्षमा शैलेन्द्र यादवले ५६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्दी मो.आजादले ४५ मत प्राप्त गर्नुभयो । त्यसैगरी सचिवमा सुधिर यादबले ५२ मत  प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्दी सत्यनारायण यादवले १७ मत प्राप्त गर्नुभयो ।

यसैगरी, उपसचिवमा खेलानन्द यादवले ५९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्दी रामनारायण यादवले ५० मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा सन्तोष साह निर्विरोध भएको निर्वाचन समिति संयोजक धनेश्वर यादवले जानकारी दिनुभएको छ । सदस्यहरू सबै निर्विरोध हुनुभएको छ । पदाधिकारी सहित ३१ सदस्यीय नगर कार्यसमिति रहने संयोजक यादवले जानकारी दिनुभयो ।