साधन घर्ती
म्याग्दी (दरबाङ), असार १० गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष२०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । वडा नम्बर ६ दरबाङ स्थित छ्यारछ्यारे सभाहलमा सोमबार आयोजित पालिकाको गाउँसभाको १७ औं अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षका लागि ४६ करोड दुई लाख तीन हजार रुपियाँ बजेट र आर्थिक विद्येयक २०८२ छलफल सहित सभाले पारित गरेको छ ।
यसैगरी, गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पनि सभाले पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिनुभयो । उपाध्यक्ष घर्ती मगर पुनका अनुसार, कुल बजेट मध्ये चालुतर्फ ३२ करोड ९४ लाख ८७ हजार र पुँजीगत तर्फ १३ करोड सात लाख १९ हजार रुपियाँ विनियोजन गरिएको छ ।
सङ्घीय सरकार समानिकरण अनुदान आठ करोड ८३ लाख, सङ्घीय सरकार सशर्त अनुदान (चालु) २० करोड ६३ लाख, सङ्घीय सरकार राजस्व बाँडफाँड आठ करोड ७० लाख ४१ हजार, सङ्घीय सरकार सशर्त पुँजीगत) अनुदान ६ लाख, सङ्घीय सरकार विशेष (पुँजीगत) अनुदान ८० लाख, सङ्घीय सरकार समपुरक अनुदान एक करोड १० लाख, गण्डकी सरकार समानीकरण अनुदान एक करोड सात लाख २२ हजार, गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँड ८५ लाख ८९ हजार, गण्डकी प्रदेश सरकार ३४ लाख ५१ हजार, गण्डकी सरकार समपुरक अनुदान ६० लाख, पालिकाको आन्तरिक आय (सेवा शुल्क, दस्तुर, रोयल्टी र अन्य तथा अनुमानित संचित कोष अल्या हुने रकम दुई करोड रुपियाँ गरी कुल ४६ करोड दुई लाख तीन हजार रुपियाँ अनुमानित आय रहेको छ ।
भने सशर्त (चालु) २० करोड ६३ लाख, सशर्त (पुँजीगत)कुमलघोर झोलुङ्गे पुल निर्माण ६ लाख, सङ्घीय सरकार समपुरक अनुदान (पुँजीगत) एक करोड १० लाख, सङ्घीय सरकार विशेष अनुदान (पुँजीगत )तर्फ दरबाङ बजार संरक्षण ८० लाख, गण्डकी प्रदेश सरकार समपुरक अनुदान (पुँजीगत) ६० लाख, गण्डकी प्रदेश सकार विशेष अनुदान (पुँजीगत) ३४ लाख ५१ हजार, गाउँपालिकाका वडा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च वडा कार्यालय सञ्चालन खर्च समेत ११ करोड ८१ लाख ३५ हजार, विषयगत शाखाका अन्तर्गतको कार्यक्रम ४५ लाख, पालिका स्तरीय योजना तथा कार्यक्रम दुई करोड ७२ लाख १७ हजार, वडागत योजना तथा कार्यक्रम पाँच करोड ४५ लाख, लागत सहभागिता–समपुरक कोषमा ८८ लाख, निजी आवास पुनर्निर्माण साझेदारी १५ लाख र आकस्मिक विपद् कोष एक करोड रुपियाँ व्यय रहेको छ ।
चालु आर्थिक वर्षको कुल बजेट ५० करोड तीन लाख ७६ हजार रुपियाँमा हालसम्म चालुतर्फ २१ करोड ३६ लाख २३ हजार र पुँजीगत तर्फ चार करोड ६४ लाख ३३ हजार गरी कुल २६ करोड ५६ हजार रुपियाँ खर्च भएको छ । विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा भौतिक पूर्वाधार निर्माण, सडक, अधुरा रहेका योजनालाई पूर्णता दिन, खानेपानी, सिँचाइ, भवन, लघुउद्यम, पर्यटन, नदी नियन्त्रण, युवा रोजगार, कृषि र पशुपालनलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष गर्बुजाले बताउनुभयो ।