• २० असार २०८२, शुक्रबार

कुकुरले टोक्ने क्रम बढ्दो, बालबालिका धेरै

blog

इलाम समाचारदाता

इलाम, जेठ ३० गते  । पछिल्लो समय इलाममा कुकुरले टोकेका बिरामीको सङ्ख्या बढ्न थालेको छ । दिनहुँ जसो सदरमुकामस्थित इलाम अस्पतालमा कुुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेका छन् । 

हरेक महिनाको तथ्याङ्कलाई हेर्दा कुकुुरले टोकेका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । तीमध्ये बालबालिकाको सङ्ख्या बढी रहेको छ । जेठ २५ सम्ममा ३० जनाले रेबिजविरुद्धको खोप लगाएको अस्पतालले जनाएको छ । 

चालुु आर्थिक वर्षको हालसम्ममा ६४९ जनालाई कुकुरले टोकेको छ । यसमध्ये बालबालिकाको सङ्ख्या २७० रहेको छ । विद्यालय आउँदाजाँदा अथवा बाटो हिँड्दा कुुकुुरलाई जिस्काउने, घरमै पनि कुुकुरसँग बालबालिका बढी खेल्ने भएकाले उनीहरूलाई कुकुुरले टोकेको पाइएको छ ।

बजारमा रहेका छाडा कुकुरले टोकेका पनि धेरै बिरामी आउने गरेको इलाम अस्पतालको इमर्जेन्सी इन्चार्ज टीका लुुइटेल बताउनुुहुन्छ । “रेबिजविरुद्धको सुईबाहेक अन्य कुनै उपचार हुँदैन, त्यही कारणले पनि सुुई लगाउन आउनेको सङ्ख्या धेरै छ,” इन्चार्ज लुुइटेलले भन्नुुभयो, “तर कुनै समयमा अस्पतालमा खोप अभाव हुने गरेको छ । कति बिरामीले बाहिरबाट रेबिजविरुद्धको खोप किनेर ल्याउनुुहुन्छ र लगाइदिन्छौँ ।” लुुइटेलले दैनिक सरदर दुुई जना बिरामी आउने गरेको बताउनुुभयो । 

“कुकुरले टोक्नु सामान्य जस्तो लाग्छ तर यो खतरनाक हो, स्वस्थ कुकुर नै किन नहोस्, दाँत गाडिसकेपछि रेबिजविरुद्धको खोप लगाउनै पर्छ,” लुइटेलले भन्नुुभयो, “कुकुरले टोकिहाले हेलचेक््रयाइँ गर्न हुँदैन, मानिसमा रेबिज रोगको खतरा हुन सक्छ ।” 

अस्पतालमा वार्षिक दुुई सय थान मात्र रेबिजविरुद्धको सुुई आउने गरेको छ तर सुुईको भाइल खोल्दा सुुई लगाउन आउनेको सङ्ख्या कम भयो र निश्चित समयभित्र अन्य बिरामी आएनन् भने त्यो सुुई नष्ट हुने गरेको छ । 

कुकुरले टोक्यो भने सुरुमा साबुन पानीले टोकेको भागलाई राम्ररी धुन र सकेसम्म चाँडो स्वास्थ्य संस्थामा जानुुपर्ने स्वास्थ्यकर्मी लुुइटेलको भनाइ छ । यस्ता बिरामीलाई रेबिजविरुद्धको सातामा तीन वटा खोप लगाउने गरिएको छ । कुकुरले टोकेको दिन, टोकेको तीन दिनमा र टोकेको सात दिनमा खोप दिनुपर्ने लुुइटेलको भनाइ छ । गएको आर्थिक वर्ष २०८०/८१ मा भने ७३५ जनालाई कुकुुरले टोकेर भ्याक्सिन लगाएको अस्पतालले जनाएको छ ।