• ३० जेठ २०८२, शुक्रबार

ताप्लेजुङमा लागुऔषधसहित चार जना पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 
फुङ्लिङ, जेठ २९ गते ।
ताप्लेजुङमा ब्राउन सुगरसहित चार जना परेका छन् । लागुऔषध बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा बुधबार साँझ उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं.११ घर भइ हाल फुङलिङ ४ कोप्चे लाइनमा डेरा गरी बस्ने २३ वर्षीय रोमन बिक, फक्ताङलुङ गाउँपालिका तीन घर भइ हाल फुङलिङ नगरपालिका ६ सिर्जना चोक निवासी ३२ वर्षीय मन्दीप लिम्बू, भारतीय नागरिक मनोज साह र देवबहादुर विश्वकर्मा रहेका छन् ।  

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतका अनुसार रोमन बिकको कोठाबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने ४३० मिली ग्राम बरामद गरिएको छ । रोमनलाई मन्दीप लिम्बू लागुऔषधको बेचविखन कारोबार गर्दा पैसा दिन्छु भने पछि रोमनले ब्राउन सुगर ल्याएको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ ।

यस्तै उक्त लागुऔषध भारतीय नागरिक साह र विश्वकर्मा समेत किन्न आएको अवस्थामा नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।