सञ्जयकुमार मिश्र
गौर, जेठ २८ गते । अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा दण्ड सजाय पाएका १५ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
अदालतबाट दण्ड सजाय पाएका फैसला कार्यान्वयन गर्ने अभियान सञ्चालन गरी ती फरार अभियुक्तहरूलाई खोजतलाश गरी पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूले विभिन्न मुद्दामा अदालतबाट दण्ड जरिवाना तथा कैद सजाय भइ फरार रहँदै आएका फरार भियुक्त पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपककुमार रायले बताउनुभयो ।
प्रहरीले कुटपिट, ज्यान मार्ने उद्योग, चेक अनादर, बैकिङ कसुरलगायत विभिन्न मुद्दाका १५ जना दण्ड सजाय पाएका फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक रायले बताउनुभयो ।
अदालतबाट दण्ड सजाय पाएका विभिन्न मुद्दामा सजाय पाएका अभियुक्तहरू लुकीछिपी अवस्थामा कतिपय घरमा बस्दै आइरहेका तथा अन्यलाई विभिन्न ठाउँबाट खोजतलाश गरी फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रायले जानकारी दिनुभयो ।
फरार अभियुक्त पक्राउ गरी अदालतबाट जरिवाना भई फरार रहँदै आएका अभियुक्तलाई खोजतलाश पछि पक्राउ गरी जिल्ला अदालत रौतहटमा पेस गरिएको उहाँले जानकारी दिनुभयो ।