काठमाडौँ, जेठ १४ गते । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको दुईदिने औपचारिक भ्रमणमा बुधबार काठमाडौँ आइपुग्नु भएको छ । उहाँलाई नेपाली अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ ।
नेपालमा रहँदा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै उहाँले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, न्युजिल्यान्डका उपप्रधानमन्त्रीले आजै साँझ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ । भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन हुने र उहाँको सम्मानमा डा. राणाले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्सको यो पहिलो नेपाल भ्रमण हो ।