शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
यो दिलमा आज कसैको वचन परेको छ
यस्तो लाग्छ सिसामाथि घन परेको छ ।
जस्ले पुरानै कपडामा जिन्दगी काट्यो
आज उस्को शरीरमा कफन परेको छ ।
भनम्की नभनम म सारै दोधारमा छु
भिडको एउटा मान्छे खुब मन परेको छ ।
सपनाले यतिसम्म थिचेको छ मलाई
हरेक रात जिन्दगी ऐँठनमा परेको छ ।