रजनी योगी
सुर्खेत, जेठ ८ गते । कर्णालीलाई प्रदेश सरकारले अर्गानिक प्रदेश घोषणा गरेको छ तर यहाँका तरकारीमा छ्यापछ्याप्ती विषादी देख्न थालिएको छ । मङ्गलबार मात्र दाङबाट ल्याइएको बोडीमा विषादी भेटिएपछि नष्ट गरिएको छ । ६४.६२ प्रतिशत अर्गानोफस्फेट नामक विषादी देखिएको हो । यस्तै गत वैशाख ८ गते सल्यानबाट ल्याइएको नौ क्विन्टल काउली नष्ट गरिएको थियो । परीक्षण गर्दा काउलीमा ९९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको थियो । वैशाख २४ गते सुर्खेतकै झुप्राबाट ल्याइएको काँव्रmा पनि नष्ट गरिएको थियो ।
काँक्रामा ५३ प्रतिशत विषादी भेटिएको थियो । सोही मितिमा दाङबाट ल्याइएको १७५ केजी गोलभँेडा नष्ट गरिएको थियो । गोलभेँडामा ६२ प्रतिशत विषादी भेटिएको थियो । त्यसै गरी वैशाख ३० गते दैलेखको गुराँसबाट ल्याइएको फर्सीमा खान नमिल्ने विषादी शतप्रतिशत भेटिएपछि नष्ट गरिएको थियो । फर्सीमा ९९.२५ प्रतिशत विषादी भेटिएको थियो । परीक्षण केन्द्रमा कार्वामेट र अर्गानोफस्फेट कीटनाशक विषादीको मात्र परीक्षण गर्ने गरिएको छ ।
पछिल्लो समय वीरेन्द्रनगरमा भित्रिने तरकारीमा भएको विषादी परीक्षणलाई तीव्रता दिइएको छ । वीरेन्द्रनगरमा व्यवसायीले भिœयाइरहेको तरकारीमा अत्यधिक विषादी देखिन थालेपछि परीक्षणको दायरा बढाइएको हो । कृषि थोक बजारमा स्थापना भएको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले हालसम्म गरेको नमुना परीक्षणमध्ये नौ प्रकारका तरकारीमा अत्यधिक विषादी प्रयोग भएको पाइएको छ ।
२०८१ कात्तिकमा स्थापना भएको एकाइले हालसम्म एक हजार ५०४ वटा नमुना परीक्षण गरिसकेको छ । अहिले परीक्षणलाई तीव्र पारिएको द्रुत विश्लेषण प्रयोगशाला एकाइका प्रमुख धनसिंह धामीले बताउनुभयो । जसमध्ये विषादी देखिएर नष्ट गर्नुपर्ने १२ प्रकारका रहेका छन् । उहाँका अनुसार यीमध्ये नौ वटा नमुना केही समय तरकारी क्वारेन्टाइनमा राखेर पुनः प्रयोग गर्न सकिने सिफारिस गरिएको छ । वीरेन्द्रनगरमा भित्रिएको भारत र नेपालका विभिन्न ठाउँबाट ल्याइएका तरकारीको नियमित रूपमा परीक्षणलाइ व्यापकता दिने गरी काम अघि बढाइएको छ ।
कुनै पनि तरकारीमा ३५ प्रतिशतभन्दा कम विषादी भेटिएमा उपभोग गर्न मिल्ने र ३५ देखि ४५ प्रतिशत विषादी भेटिएमा केही दिन तरकारी क्वारेन्टाइनमा राखेर पुनः उपभोग गर्न मिल्ने बताइएको छ । एकाइले नष्ट गर्न सिफारिस गरेका तरकारीमा ४५ प्रतिशतभन्दा बढी नै विषादी भेटिने गरेको छ । ४५ प्रतिशतमाथि विषादी भएको पुष्टि भएमा तत्कालै नष्ट गर्नुपर्ने हुन्छ । रासायनिक विषादीले जनस्वास्थ्यमा गम्भीर असर पु¥याउने भएकाले यसको प्रयोग न्यूनीकरण अभियान नै थाले पनि उल्लेखनीय उपलब्धि हासिल गर्न नसकिएको जनाइएको छ । काँव्रmा, भिन्डी, बोडी, गोलभेँडा, फर्सी, धनिया, तितेकरेला, लौका सिमी र आलुको नमुना परीक्षण गर्दा बढी विषादी देखिएको छ ।
सञ्चालनमा आएन प्रयोगशाला
प्रदेश सरकारले अर्गानिक प्रदेशको परिकल्पना गरिरहे पनि विषादी न्यूनीकरण हुन सकेको छैन । प्रदेश सरकारले सल्यानको कपुरकोट र पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिकाको हर्रेबाट विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने जनाएको छ तर अहिलेसम्म विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छैन ।
सल्यानको कपुरकोट गाउँपालिका–३ मा कार्यालय स्थापना भए पनि विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आउन सकेको छैन । कार्यालय स्थापना भएको बर्सांै बितिसक्दा पनि प्रयोगशाला सञ्चालन हुन नसकेको हो । उपकरण उपलब्ध नभएकाले विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा नआएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । सल्यानको कपुरकोट र सुर्खेतको हर्रेडाँडाबाट तथ्याङ्क व्यवस्थापन र प्रविधिसहित विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइने बताए पनि सोहीबमोजिम काम भने हुन सकेको छैन ।