अममरराज नहर्की
तनहुँ, जेठ ६ गते। पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन्।
पोखराबाट सुर्खेत जाँदै गरेको ना. ७ ख. ६८४१ नम्बरको बस मङ्गलबार दिउँसो ४ बजे दुर्घटना भएको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। दुर्घटनाको थप विवरण आउन बाँकी छ।