• १ जेठ २०८२, बिहिबार

बढ्दो बेरुजुप्रति सरकार गम्भीर बन्नुपर्छः सांसद गैरे

blog

नेकपा (एमाले) का सांसद ठाकुर गैरे बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै । तस्बिरः न्यूज एजेन्सी नेपाल

काठमाडौँ, जेठ १ गते । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मुलुकमा बढ्दो बेरुजुप्रति सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

राज्यका निकायहरूले आर्थिक अनुशासन पालना नगर्दा बर्सेनि बेरुजु बढ्दै गइरहेको उहाँको भनाइ छ । सांसद गैरेले महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनमा हालसम्मको बेरुजु कुल रकम सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख रुपियाँ पुगेको उल्लेख गर्दै यही अवस्थामा बेरुजु बढ्दै गए हामी कहाँ पुग्छौं, भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘महालेखाको प्रतिवेदनले बेरुजु बढेको देखाएको छ । बेरुजु यही हिसाबले बढ्दै जाने हो भने हामी कहाँ पुग्छौं ? आज सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख रुपियाँ यो देशको बेरुजु भएको छ ।’’

उहाँले सङ्घीय मन्त्रालयतर्फ ४७ अर्ब ७४ करोड ९० लाख, प्रदेश सरकारअन्तर्गत चार अर्ब दुई करोड, स्थानीय तहमा २५ अर्ब २५ करोड ४२ लाख, तथा समिति र अन्य सङ्घसंस्थाहरूमा १४ अर्ब ३३ करोड सात लाख रुपियाँ बेरुजु रहेको रहेको उल्लेख गर्नुभयो ।