वसन्त पराजुली
भरतपुर, वैशाख २९ गते । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । सोमबार दिउँसो करिव १ः३० बजे भरतपुर महानगरपालिका– १७ का कुमार नेपालीको नदीमा डुबेर मृत्यु भएको हो ।
बुबा र आमासहित नदीमा पैडी खेल्न गएकोमा छोरा नेपाली डुबी बेहोस भएको अवस्थामा बुबाले उद्धार गरी नयाँ मेडिकल कलेज भरतपुरमा ल्याइएको थियो । नेपालीको उपचारकै क्रममा दिउँसो मृत्यु भएको ईलाका प्रहरी कार्यलय चनौलीका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिनुभयो ।
नेपालीको शव अहिले पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।