• ८ पुस २०८२, मङ्गलबार

‘नारी उत्थानका उपायहरु’को लोकार्पण

blog

लेखक धर्मराज अर्यालद्वारा लिखित ‘नारी उत्थानका उपायहरु’ को लोकर्पण कार्यक्रममा सहभागीहरु ।

काठमाडौँ, २९ गते । लेखक धर्मराज अर्यालद्वारा लिखित ‘नारी उत्थानका उपायहरु’ को लोकर्पण भएको छ । सोमबार डा. प्राध्यापक घनश्याम पुडासैनी, डा. रामचन्द्र लम्साल, डा. प्राज्ञ कौशीला रिसाल, साहित्यकार ममता मृदुलालगायतले संयुक्तरुपमा तारकेश्वर नगरपालिका वडा नं ३, जीतपुर माविमा सो किताबको लोकर्पण गर्नुभयो ।

आज २५७९ बुद्धजयन्तीको अवसर भएको सो लोकर्पण समारोहमा सो पुस्तकको समाचालोचना गर्नुहुँदै प्राध्यापक घनश्याम पुडासैनीले अझ पनि गणतन्त्र आइसक्दा पनि नारीहरु माथि उठ्न नसकेकाले सो किताबले नारी उत्थानका उपायबारे वैज्ञानीक उपायहरु किताबले समेटेको स्पष्ट पार्नुभयो ।

त्यस्तै, डा. रामचन्द्र लम्सालले नारी उत्थानको उपाय त नारीले नै लेख्नुपर्ने थियो, तर पुरुषले लेखेर नारीलाई अगाडि बढुन भन्ने उपायहरु यस किताबको भाव रहेको समाचोलना गर्नुभयो । त्यस्तै, नारी अभियन्ता ममता मृदुलाले नारीको सम्मान घरघर र छरछिमेकबाट गर्न सुझाव दिनुभयो । 

त्यस्तै प्रमुख अतिथि प्राज्ञ कौशिला रिसालले नेपाली नारी जति अगाडि आउनुपर्ने थियो नआएको धारणा राख्नुभयो । पहिलेको तुलनामा महिला फ्रन्टमा आय पनि नेपाली नारी अझ पछाडि नै रहेको धारणा राख्नुभयो । नारी र पुरुष समाजवादी रहनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो । महिलाहरुलाई अगाडि बढाउन उत्साहित बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।