• २९ वैशाख २०८२, सोमबार

धनगढी गाउँ–जुगेडा सडकको एउटा खण्ड कालोपत्रे

blog

कालोपत्रे गरिएको सडक । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, वैशाख २९ गते ।
लामो समयदेखि जीर्ण अवस्थामा रहेको धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे गरिएको छ ।

धनगढी गाउँस्थित हरिशङ्कर काँटादेखि पूर्वतिर ५५० मिटरमा कालोपत्रे गरिएको हो । बहुवर्षीय आयोजनाको रूपमा पहिलो प्याकेजअन्तर्गत यो खण्डमा कालोपत्रेका लागि गत वर्ष ठेक्का सम्झौता गरिएको थियो । ठेक्का भएको खण्डमा कालोपत्रेको काम पूरा भएको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ ।

हिजोमात्रै कालोपत्रेको काम सकिएको सूचना अधिकारी इन्जिनियर विनोद खड्काले बताउनुभयो । उहाँले थप दुई सय मिटरमा कालोपत्रेका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । सडक कालोपत्रेका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले बजेटको व्यवस्था गरेको थियो । 

६.३ किलोमिटर लामो धनगढी गाउँ–जुगेडा सडक लामो समयदेखि जीर्ण अवस्थामा रहेको छ । कृषि सडकको रूपमा परिचित यो सडकको अवस्था बिग्रेपछि वडा नम्बर ८, ९, १० र १२ का स्थानीयले ओहोरदोहोरमा समस्या भोग्दै आएका छन् ।