डोल्पा, वैशाख १४ गते । डोल्पा जिल्लाको कान्जिरोबा आसपास क्षेत्रमा आइतबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार २०८२ साल वैशाख १४ गते बिहान ३ बजेर ६ मिनेटमा सो क्षेत्रमा ४.० को म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि शुक्रबार ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको थियो ।