• ९ वैशाख २०८२, मङ्गलबार

‘चाइल्ड हेल्थ’ लाई एक करोड प्रदान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ९ गते । महिला सशक्तीकरण र समतामूलक समाजको उन्नयनका लागि वकालत गर्दै आउनुभएकी प्रमिला आचार्य रिजालले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) का संस्थापक डा. भगवान कोइरालालाई एक करोड रुपियाँको चेक प्रदान गर्नुभएको छ । केआइओसिएचले जनाए अनुसार डा. कोइरालाद्वारा स्थापित सहरी गरिब, दुर्गम क्षेत्रका बालबालिका र अन्य विपन्न वर्गमा विशेष ध्यान केन्द्रित गर्दै सीमान्तकृत समुदायलाई समतामूलक स्वास्थ्य सेवामा पहुँच प्रदान गर्न प्रतिबद्ध रहेको संस्था हो । चेक प्रदान गर्दै रिजालले जिम्मेवार नागरिकको हैसियतले सकारात्मक सामाजिक परिवर्तनको प्रेरक शक्ति बन्नु पर्छ भन्दै यस्ता पहलकदमीलाई समर्थन र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।