• ३ वैशाख २०८२, बुधबार

दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते

blog

रेखीराम राना

तानसेन, वैशाख २ गते । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका–१, राई डाँडामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन–६ बस्ने ४१ वर्षीय पदम बहादुर दर्लामी रहेको प्रहरीले जनाएको छ । दर्लामीको उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो । 

बगनासकालीको घोरबन्दादेखि तानसेन बर्तुङ्तर्फ जाँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाइकल उकालोमा अचानक ब्याक भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दर्लामीसँगै १८ वर्षीय छोरा मन्दिप घाइते हुनुभएको थियो । 

घाइते दुबैलाई उपचारको लागि तानसेनस्थित युनाईटेड मिसन अस्पताल पाल्पा पठाइएको थियो । घाइते मन्दिप दर्लामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।