• १ असार २०८२, आइतबार

निरजलाई म्याच–प्ले गल्फ उपाधि

blog

उपाधिसहित निरज तामाङ ।

काठमाडौँ, चैत २८ गते । सूर्य नेपाल गल्फ टुरअन्तर्गत एनपिजिए म्याच–प्लेको उपाधि निरज तामाङले जित्नुभएको छ ।

रोयल नेपाल गल्फ क्लबमा बिहीबार सम्पन्न ३६ होलको फाइनल प्रतिस्पर्धामा नेपाल नम्बर दुई गल्फर निरजले आठौँ वरीयताका धनबहादुर थापालाई ५/४ ले हराउँदै उपाधि जित्नुभएको हो । निरजको यो गल्फ खेल जीवनको चौथो उपाधि हो । 

उपाधिसँगै निरजले ६० हजार रुपियाँ पुरस्कार पाउनुभयो । उपविजेता धनले ४२ हजार रुपियाँ प्राप्त गर्नुभयो । निरजले पहिलो चरणमा सूर्यप्रसाद शर्मा, क्वाटरफाइनलमा रामे मगर र सेमिफाइनलमा दिनेश प्रजापतिलाई हराउनुभएको थियो ।

निरजले यस सिजन सूर्य नेपाल वेस्टर्न ओपन र सूर्य नेपाल इस्टर्न ओपनको उपाधि पनि जित्नुभएको थियो । साविक विजेता दिनेश प्रजापति तेस्रो हुनुभयो । प्रतियोगितामा शीर्ष वरीयताका १६ गल्फरले भाग लिएका थिए ।