जीवछ यादव
लहान, चैत २८ गते । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रसको पन्ध्रौ महाधिवेशनको समयावधि एक वर्ष थप्न सकिने प्रवल सम्भावना रहेको बताउनुभएको छ । प्रेस युनियन सिरहाले लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा समसामयकि राजनीति घट्नाबारे सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाली कांग्रसको साङ्गठनिक अवस्था बुझ्न मधेश प्रदेश झर्नुभएको प्रवक्ता महतले नेपाली कांग्रेसको १५औँ महाधिवेशन आउँदो मङ्सिरमा गर्न पार्टीको आन्तरिक तयारी पुरा नहुने भएकोले एक वर्ष थपिने सम्भावना बढेको उहाँले प्रष्ट्याउनुभयो । नेपाली कांग्रेसको महामन्त्री गगन कुमार थापाले समयमै महाधिवेशन हुनुपर्ने अभिव्यक्ति दिइरहेको छ नी ? भने सञ्चारकर्मीहरुले राखिएको जिज्ञासमा उहाँले भन्नुभयो, "महामन्त्री थापाले भनेकै आधारमा महाधिवेशन समयमै हुने देखिएको छैन । यद्यपि समयमै महाधिवेशन होस् भने सबैको चाहना भएपनि समय कम भएको र विकसित राजनीति घटनाहरुले महाधिवेशन सर्न सकिने प्रवल सम्भावना छ ।"
राजावादीहरुको चित्र र चरित्र नेपाली जनताले प्रष्ट रुपमादेखि सकेको र बुझिसकेकोले राजतन्त्र फर्किने कुरा वहस मात्रै भइरहेको प्रवक्ता महतले भन्दै लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा आएर लोकतन्त्रको सवलीकरणको लागि लाग्ने उल्लेख गर्नुभयो । स्थीर सरकारको लागि कार्यकारणी प्रमुख जनताबाट चुनिने गरी संविधान संशोधनको पक्षमा जान नेपाली कांग्रेस तयार रहेको छ । साना दलहरुसँग छलफल गरेर संविधान संशोधन गर्न छलफलमा छौं,’ उहाँले भन्नुभयो ।
नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले पार्टीभित्र विभिन्न विचारहरु छलपललको क्रममा आउनु स्वभाविक भएपनि १५ औँ महाधिवेशनमा एकता र फेरिपनि सुदृढ एकता गरेर नेपाली कांग्रेसले पूर्ण बहुमत ल्याउने गरी संगठन निर्माणमा लागि सकेको प्रवक्ता महतले बताउनुभयो । जनताको चाहना अनुसार सरकारले काम गर्नुपर्ने पक्षमा नेपाली कांग्रेस रहेकोले नेकपा एमाले र नेपाली काँग्रेसको सरकार सञ्चालनको संयन्त्रले जिम्मेबारीपूर्वक लागि सकेको भन्दै शिक्षा स्वास्थ्य कृषि पर्यटनलाई प्राथमिकतामा राखेर आउने बजेट निर्माणको काम भइरहेको उहाँले जानकारी गराउनुभयो ।
वर्तमान सरकारको नेतृत्व १५ महिनापछि पार्टी सभापति शेरवहादुरले गर्ने प्रवक्ता महतले प्रष्ट्याउँदै कांग्रेस एमाले गठबन्धन केवल सरकारमा बसेर समय काटन नभएर शान्ति विकास र स्थीरताको लागि भएको प्रवक्ता महतले स्पष्ट पार्नुभयो ।
पत्रकार सम्मेलनमा नेपाली काँग्र्रेस नगरसभापति सञ्जय कुमार यादव, सिरहा-१ का क्षेत्रीय सभापति तथा लहान नगरप्रमुख महेश प्रसाद चौधरी नेपाली काँग्रसका नेता राम सुन्दर चौधरी अरुण केसी र नेपाली काँग्रेस सिरहा सचिव शैलेन्द्र कुमार यादवको उपस्थिति रहेको थियो ।