केशवराज भट्ट
बैतडी, चैत २७ गते । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत बैतडीका तीन वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनको मातदान सुरु भएको छ । मेलौली नगरपलिकास्थित मणिलेक क्याम्पस, पाटन नगरपलिकामा रहेको पाटन बहुमुखी क्याम्पस र जिल्ला सदरमुकामस्थित जगन्नाथ बहुमुखी क्यापसमा बुधबार बिहान ८ बजेबाट स्ववियु निर्वाचनको मतदान सुरु भएको हो ।
तीन वटै क्याम्पसमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । पाटन बहुमुखी क्याम्पसमा तीन सङ्गठन र एक स्वतन्त्र समूहबिच प्रतिस्पर्धा भइरहेको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी, नेकपा (एमाले निकट) अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु र जनजागरण स्वतन्त्र विद्यार्थी समूह दर्ता भएको क्याम्पस प्रमुख बिनोद भण्डारीले बताउनुभयो । मणिलेक क्याम्पस र जगन्नाथ बहुमुखी क्याम्पसमा पनि प्रमुख तीन दलका विद्यार्थी सङ्गठनबाट उम्मेदवार छन् । साँझ ५ बजे मतदान सकिए लगत्तै मतगणना सुरु गरिन क्याम्पसहरुले जनाएका छन् ।