सुधा देव
भारदह(सप्तरी),चैत २६ गते । सप्तरीको अग्निसाइर कृष्णा संवरण गाउँपालिका ५ बकधुवामा मङ्गलबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिका ७ मंसापुरका अन्दाजी वर्ष ४५–५० का हरेराम मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयाे ।
डिभिजन वन कार्यालय महुलीमा कार्यरत मण्डल घरबाट कार्यालय जाने क्रममा आफैंले चलाएको प्र. २–०१–००२ प. २३०५ नम्बरको मोटरसाइकल अन्यन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते मण्डलको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको श्रेष्ठको भनाइ छ ।
मृतकको शव गजेन्द्रनारायण सिंह अस्पतालमा पोस्टमार्टमका लागि राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।