काठमाडौँ, चैत १८ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सवलिकृत तुल्याउन इद पर्वको महत्त्वपूर्ण भूमिका रहँदै आएको बताउनुभएको छ ।
ईस्लामधर्मावलीको महान् पर्व इद (इद उलफित्र) को अवसरमा आज शुभकामना दिँदै उहाँले मान्यजनबाट आशीर्वाद लिने तथा आफ्नो आम्दानीको केही अंश दान गर्नुपर्ने धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गरेको बताउनुभएको छ ।
अध्यक्ष दाहालले आपसी सद्भावको चाडको रूपमा मनाइने इदले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भावअभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नतएवम् समृद्ध नेपालनिर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्ने विश्वास व्यक्तगर्नुभएको छ ।
उहाँले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । रासस