• २० चैत २०८१, बुधबार

जनकपुर–भिट्ठामोड सडक अतिक्रमित संरचना हटाइँदै

blog

अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाइँदै ।

धनुषा सामाचारदाता

धनुषा, चैत १७ गते  । चार लाइनको जनकपुर–जलेश्वर– भिट्ठामोड सडकखण्ड अन्तर्गत धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २३ लादोवेलादेखि बिन्धीसम्मको सडकमा वर्षौैंदेखि अतिक्रमित गरी बनाइएका भौतिक संरचना हटाउने काम भइरहेको छ । 

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरधामले उक्त सडकखण्डमा नाला निर्माणसहितको सडकका संरचना निर्माणको काम गर्नुपर्ने भएकाले सडक अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन थालिएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका योजना प्रमुख कृष्णकुमार महतोका अनुसार अतिक्रमित सडक खाली गराउनका लागि गत माघ २४ गते प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले सडक सीमा क्षेत्र ५० मिटरभित्र निर्माण गरेका भौतिक संरचना हटाउनका लागि सूचना प्रकाशन गरी सात दिनको समय दिइएको थियो । दिइएको समयभित्र पनि भौतिक संरचना बनाएकाले नहटाएपछि सरोकारवाला निकायको समन्वयमा ती संरचाना हटाउने कामलाई तीव्रता दिएको प्रमुख महतोले बताउनुभयो ।

अढाई किलोमिटर दुरीसम्मको सडकको दुवै भागमा अतिक्रमण गरेर संरचना निर्माण गरिएकोमा एक सय किलोमिटरसम्मको सडक अतिक्रमणमुक्त भएको र सडक अतिक्रमण हटाउने क्रममा केही ठाउँमा प्रहरीलाई समेत प्रयोग गर्नु परेको उहाँको भनाइ रहेको छ । अतिक्रमित गरी बनाइएका भौतिक संरचनाका कारण उक्त सडकखण्डमा पानीको निकासमा समस्या हुनुको साथै सडक दुर्घटना र सवारी पार्किङ गर्न समस्या हुन गरेको छ । यस्तो कुराको जनगुनासो बढ्दै गएपछि अतिव्रmमण हटाउन पहलकदमी गरेको प्रमुख महतोले बताउनुभयो ।