• १९ चैत २०८१, मङ्गलबार

करेन्ट लागेर एकको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, चैत १७ गते । सर्लाहीको हरिपुर नगरपालिका –१, हजार बिघामा आइतबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ४६ वर्षीय राजु भन्ने सोमबहादुर खपाङ्गी मगरको करेन्ट लागेर मृत्यु भएको हो ।

मगरलाई आफ्नै घरको भुुइँतलामा झुण्डिएको बिजुलीको नाङ्गो तारमा छुँदा करेन्ट लागेको स्थानीयले बताएका छन् । करेन्ट लागेर अचेत भएका मगरलाई उपचारका लागि हनुमन्ते अस्पताल बरहथवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गौतम थापाले जानकारी दिनुुभयो ।

मृतकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारले बुुझेका छन् । हरिपुर १ का वडाध्यक्ष नानीबाबु थापाका अनुसार करेन्ट लागेर मृत्यु भएका मगर मुटु तथा क्षयरोगको बिरामी थिए ।