• १९ चैत २०८१, मङ्गलबार

आइसिसी लिग–२ तयारी : ४८ खेलाडी बन्द प्रशिक्षणमा

blog

फाइल तस्बिर ।

काठमाडौँ, चैत १७ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजको तयारीका लागि प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ४८ खेलाडीलाई बोलाइको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार आगामी जुनमा हुने सिरिजको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

सिरिजमा नेपालसहित घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सबिच प्रतिस्पर्धा हुनेछ । प्रारम्भिक चरणको प्रशिक्षणमा सहभागी खेलाडीलाई चार समूहमा विभाजन गरेर तयारी खेल खेलाइने क्यानले जनाएको छ ।

नेपाली टोलीलाई नव नियुक्त अस्ट्रेलियन प्रशिक्षक स्टुआर्ट लले प्रशिक्षण दिनुहुनेछ । क्यानले गत शुक्रबार मात्र स्टुआर्टलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । लिग–२ मा हाल १२ खेल सकेको नेपाल जम्मा दुई जितसहित सातौँ स्थानमा छ । 

प्रारम्भिक छनोटमा परेका खेलाडी 

रोहितकुमार पौडेल (कप्तान) दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, गुलसन झा, करण केसी, ललितनारायण जोशी, अनिलकुमार साह, सन्दीप जोरा, आरिफ शेख, भीम सार्की, कुशल मल्ल, सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, विवेककुमार यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जिसी, अविनाश बोहरा, मयन यादव, अर्जुन घर्ती, हेमन्त धामी, दीपेश कँडेल, रूपेशकुमार सिंह, अर्जुन कुमाल, शुभ कंसाकार, किरण ठगुन्ना, इशान पाण्डे, शेर मल्ल, प्रज्वल थापा, तृतराज दास, दीपेन्द्र रावत, नन्दन यादव, सुजन थपलिया, दिलीप नाथ, आकाश त्रिपाठी, विशाल पटेल, शाकिब हक, विनोद भण्डारी, पवन सर्राफ, राशिद खान र अर्जुन साउद  ।